विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने डब्ल्यूएचओको चेतावनी

विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले विश्वमा कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलन सक्ने चेतावनी दिएको छ ।  डब्ल्यूएचओको इमरजेन्सी कमिटीले कोरोनाको अझै खतरनाक भेरियन्ट फैलने र यसलाई रोक्न निकै मुस्किल हुने बताएको बीबीसीले जनाएको छ ।

कोरोनाको सङ्क्रमण केही कम भएसँगै विश्वमा कोरोनाको महामारी सकिन लागेको भन्दै गलत हल्ला फैलाउन थालिएकाले यसप्रति सचेत रहन पनि डब्ल्यूएचओको आग्रह छ । डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एड्नाम ग्रेब्रिसियसले कोरोनाको महामारी सकिनु त परको कुरा महामारी नजिक समेत नपुगेको स्पष्ट पार्नु भएको  छ ।

विश्वमा अहिले १८ करोड ९६ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने कोरोनाका कारण ४० लाख ८२ हजारभन्दा धेरैको ज्यान गएको छ । कोरोना विरुद्धको खोप लगाए, बेलाबेलामा साबुन पानीले हात धोए, मास्कको अनिवार्य प्रयोग गरे र भौतिक दूरी कायम गरे मात्रै सङ्क्रमणबाट बच्न सकिने विज्ञले बताएका छन् ।