चट्याङले फोन र इन्टरनेट सेवा अवरुद्ध

चट्याङले फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी : चट्याङले बैतडीमा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। हावाहुरीसँगै परेको वर्षा, असिना र हिमपातले यहाँको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो।

फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका नागरिककहरु सञ्चार सुविधाबाट बञ्चित भएका छन्। सिगास गाउँपालिका–९ चौखाम लगायतका ठाउँमा करिब एक सातादेखि नेपाल टेलिकमको मोबाइल फोन अवरुद्ध भएको छ।

यस्तै, मेलौली नगरपालिकामा मोबाइल फोनको सेवा अवरुद्ध भएको स्थानीय भिमप्रसाद न्यौपानेले बताए।

दशरथचन्द नगरपालिकाको कटपतेमा रहेको नेपाल टेलिकमको टावरमा चट्याङ पर्दा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सुरत खड्काको बताए।

सिगास र मेलौलीको अन्य स्थानमा हिमपातका कारण फोन सेवा अवरुद्ध टेलिकमले बताएको छ।