सेती प्रयोशालामा भएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि

सेती प्रयोशालामा भएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

अस्पतालको प्रयोगशालामा ९४ नमूनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै ८० जनाको रिपोर्ट निगेटिभ आएको छ।

हाल अस्पतालमा १७ जना संक्रमित उपचाररत छन्।