नेपाल र भारतले एशियन भलिबल च्याम्पियनसिप खेल्न नपाउने

धनगढी खबर    

नेपाल र भारतले एशियन भलिबल च्याम्पियनसिप खेल्न नपाउने

कोभिड १९ बाट अति प्रभावित रहेको भन्दै फिलिपिन्स सरकारले नेपाल र भारतको भलिबल टिमलाई २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नदिने भएको छ । फिलिपिन्समा १३ भदौदेखि एक सातासम्म यो प्रतियोगिता सञ्चालन हुनेछ ।

यससँगै भलिबलमा अब्बल मानिएका राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न पाउने अधिकारबाट नेपाली खेलाडीहरु बन्चित भएका छन् । नेपालले यस प्रतियोगिताका लागि लामो तयारी सुरु गरेको थियो ।

यद्यपी, प्रतियोगितामा सहभागी हुन नपाउने भएपछि अहिले भलिबल संघले बन्द प्रशिक्षण स्थगित गरेको छ । 



शुक्रबार ०१, साउन २०७८ ०५:५८ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस