नेपाली सेनाको सांगठनिक पुनर्संरचना कार्यान्वयन

नेपाली सेनाको सांगठनिक पुनर्संरचना कार्यान्वयन

गत असार २४ गते नेपाल सरकारको मन्त्रिपरिषदको निर्णयबाट नेपाली सेनाको सांगठनिक पुनर्संरचना २०७७/७८ स्वीकृत भएअनुसार आज (शुक्रबार)बाट कार्यान्वयनमा आएको छ । 

यसअघि गत वर्ष फागुन २० गते बसेको नेपाल सरकारको मन्त्रिपरिषदले नेपाली सेनाको ३ जोड १ कमाण्ड संरचनालाई स्वीकृत दिएको थियो । 

यसै अवसरमा आज (शुक्रबार) जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाद्वारा कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापतिहरुलाई ‘कमाण्ड झण्डा’ हस्तान्तरण गर्नुभएको छ । 

बलाधिकृत रथी प्रभुराम शर्मा लगायत जंगी अड्डास्थित विभिन्न कार्यालयका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महारथी थापाले कमाण्ड सेनापतिहरुलाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियो ।

साथै सोही कार्यक्रममा महारथी थापाले विशेष उपहारस्वरुपमा तयार गरिएको ‘प्रधान सेनापति छडि’ समेत ग्रहण गर्नुभएको थियो ।