विश्वमा कोरोना संक्रमितको संख्या १९ करोड नाघ्यो, सबैभन्दा बढि कहाँ ?

विश्वमा कोरोना संक्रमितको संख्या १९ करोड नाघ्यो, सबैभन्दा बढि कहाँ ?

पछिल्लो चौबिस घण्टामा विश्वमा ५ लाख ५२ हजार ७०७ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै विश्वमा कोरोना संक्रमितको कुल संख्या १९ करोड २ लाख ६० हजार ६०६ पुगेको छ ।

वल्डोमिटर्सका अनुसार सबैभन्दा बढी इन्डोनेसिया, बेलायत, ब्राजिल, भारत, अमेरिका र स्पेनमा थपिएका हुन् । इन्डोनेसियामा ५४ हजार, बेलायतमा ५१ हजार ८७०, ब्राजिलमा ४५ हजार ५९१, भारतमा ३८ हजार ११२, अमेरिकामा ३७ हजार ७६६ र स्पेनमा ३१ हजार ६० जना कोरोना संक्रमित  थपिएका हुन् ।

साथै पछिल्लो चौबिस घण्टामा विश्वभर कोरोना संक्रमणकाबाट ८ हजार ४७५ जनाको मृत्यु भएको छ ।  यो संगै मृत्यु हुनेको संख्या ४० लाख ९१ हजार ३३४ पुगेको छ । पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी ब्राजिलमा एकहजार ४५० जनाको मृत्यु भएको छ । सोही अवधिमा रुसमा ७९९, भारतमा ५६०, कोलम्बियामा ५००, इन्डोनेसियामा एक हजार २०५ र अर्जेन्टिनामा ४६३ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो चौबिस घण्टामा विश्वमा रहेका कोरोना संक्रमितमध्ये ३ लाख ४१ हजार ९७२ जना निको भएका छन् । योसँगै विश्वमा निको हुने कोरोना संक्रमितको संख्या १७ करोड ३४ लाख ७३ हजार ३९७ पुगेको छ । विश्वमा रहेका संक्रमितमध्ये ९१।१७ प्रतिशत निको भइसकेको वल्डोमिटर्सको तथ्याङ्कले देखाउँछ । निको हुने सबैभन्दा ठूलो संख्या भारतमा ३ करोड २ लाख २० हजार १८३ रहेको छ ।