जिल्ला अदालत दार्चुलामा गत आर्थिक वर्षमा १४० मुद्धा दर्ता

जिल्ला अदालत दार्चुलामा गत आर्थिक वर्षमा १४० मुद्धा दर्ता

दार्चुला । जिल्ला अदालत दार्चुलामा गत आर्थिक वर्षमा १ सय ४० मुद्धा दर्ता भएका छन । अदालतको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा १ सय ४० मुद्दा दर्ता भएका हुन। ती मध्ये ९५ वटा मुद्धा फछ्र्यौट भएका र ४६वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको बताइएको छ ।

जिल्ला अदालत दार्चुलाका सेस्तादार कौसल ज्ञवालीका अनुसार गत आर्थिक वर्ष २०७७/०७८मा एक वर्ष नाघेका मुद्धाको संख्या शुन्य रहेको पाइएको छ भने सम्बन्ध विच्छेदका मुद्धाहरु  सबै भन्दा बढि रहेको बताइएको छ ।

एक वर्षमा अदालतमा सम्बन्ध विच्छेदका मुद्धाहरु मात्रै ३२ रहेको बताइएको छ । जसमध्ये १४ वटाको फछ्र्यौट भएका र १८ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको बताइएको छ । एक वर्षको अवधिमा जबरजस्ती करणीका मुद्धाको संख्या १२ रहेको छ यि मध्ये ११ वटाको फैसला भएको बताइएको छ भने १ वटा मात्रै फैसाला हुन बाकी रहेको छ । यस्तै गत आर्थिक वर्षमा चोरी सम्बन्धिका मुद्धाको संख्या ७ रहेको छ ।

सवारी दुर्घना लागु औषध लगायतका मुद्धाको संख्या पनि बढदो क्रममा देखिएको छ । कार्यालयका अनुसार ज्यान मार्ने मुद्धा ९ वटा दर्ता भएका छन । सवारी दुर्घटनाका मुद्धाको संख्या ३ वटा लागु औषधका ९ वटा लेनदेनका ३ वटा जग्गा किचलो ३ वटा अंश सम्बन्धिका १२ वटा तथा अन्य ४८ गरी गत आर्थिक वर्षमा जिल्ला अदालत दार्चुलामा १ सय ४० मुद्धा दर्ता भएको  सेस्तेदार ज्ञवालीले जानकारी दिनु भएको छ । 

अदालतले एक आर्थिक वर्षमा ११८ वटा मुद्धा दर्ता  हुने अनुमान गरेपनि गत वर्ष १सय ४० वटा मुद्धा दर्ता भएको जिल्ला अदालत दार्चुलाले जनाएको छ ।