सेती प्रयोगशालामा भएको परिक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उक्त प्रयोगशालामा ५५ नमूनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै २२  जनाको रिपोर्ट निगेटिभ आएको छ ।

हाल अस्पतालमा २३  जना संक्रमित उपचाररत छन। जसमध्ये ३ जना संक्रमित आईसीयूमा उपचाररत रहेको अस्पतालले जनाएको छ । यस्तै आज नै २ जना बिरामी निको भएर घर फर्किएका छन भने ८ जना अस्पताल भर्ना भएका छन ।