नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैं

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैं

प्रतिनिधिसभा बैठकअघि आज सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि दलको बैठक पहिलोपटक बस्न लागेको हो ।

दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा  सदनमा अब खेल्ने भूमिकाका विषयमा देउवाले निर्देशन दिनेछन् ।

यसअतिरिक्त सरकारलाई संसदको पूरै कार्यकाल टिकाउन अरु दलसँग विश्वासको मत दिन पहल गराउने विषयमा पनि छलफल हुने सांसद डा।मिनेन्द्र रिजालले जानकारी दिए ।