आज यी खोलामा बाढी आउनसक्छ ? सावधानी अपनाउन आग्रह

आज यी खोलामा बाढी आउनसक्छ ? सावधानी अपनाउन आग्रह

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली र सहायक नदीमा बहाब सामान्य रहेको छ ।

महाकाली, कर्णाली र यिनका सहायक नदीमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्ने तथा नारायणी र कोशीका सहायक नदी कालीगण्डकी, मस्र्याङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी, भोटेकोशी, तामाकोशी लगायतका नदीमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

कन्काई, कमला, बागमती, पूर्वी राप्ती लगायतका बहाव सामान्य घटबढ हुनेछ। दाङ, बाँके, बर्दिया, डडेल्धुरा, डोटी, अछाम, कैलाली, कन्चनपुर जिल्ला भइ बहने नदीमा बहाव बढ्ने र केहीमा सतर्कता तह पुग्ने पूर्वानुमान छ ।