हास्य कलाकार चम्सुरीको दुवै मिर्गौला फेल

हास्य कलाकार चम्सुरीको दुवै मिर्गौला फेल

कुनै समय निकै चर्चित बनेको हास्य शृंखलामा 'चम्सुरी' को भूमिका निर्वाह गरेकी पल्पसा डंगोलको दुवै मिर्गौला फेल भएका छन्। पाँच वर्षदेखि मिर्गौलाको उपचार गराइरहेको भए पनि उनले कसैलाई यसबारे थाहा दिएकी थिइनन्।

एक महिनादेखि भने डाइलाइसिसको क्रममा समस्या आएपछि उनी अस्पतालमै उपचार गराइरहेकी छन्। किड्नी डायलसिसको क्रममा रगत नआएपछि उनी आत्तिएको र स्वास्थ्यमा समस्या आएको खबर बाहिरिएको हो।

मिर्गौला प्रत्यारोपण गर्न आर्थिक समस्याले नदिएको पनि बताइएको छ। यसका लागि ५० लाख रुपैयाँभन्दा धेरै रकम लाग्नेछ। यसका लागि रकम नपुगेपछि उनको मिर्गौला प्रत्यारोपण हुनसकेको थिएन।

उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।