भारतमा थप ३८ हजार संक्रमित, ५०१ संक्रमितको मृत्यु

एजेन्सी    

भारतमा थप ३८ हजार संक्रमित, ५०१ संक्रमितको मृत्यु

भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ३२५ जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ११ लाख ४३ हजार ५९५ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख २८ हजार ६९२ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ५०१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १४ हजार १४१ पुगेको छ ।



सोमबार ०४, साउन २०७८ ०८:१३ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस