अछाममा जेसीबी दुर्घटना १ जनाको मृत्यु, २ जना घाइते

अछाममा जेसीबी दुर्घटना १ जनाको मृत्यु, २ जना घाइते

अछाम । अछाममा जेसिवी दुर्घटना हुँदा १ जनाको घटना स्थलमै ज्यान गएको छ । भने २ जना घाइते भएका छन् । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँ स्थित ठाटीखाँद तिर जाँदै गरेको नम्बर नखुलेको जेसिवी एक्कासि सडकबाट ६०/७० मिटर तल खसेको छ ।

दुर्घटनामा परि ढकारी गाउँपालिका २ का राम बहादुर साउदको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा परि सहचालक र एक जना सवार घाइते भएका हुन् । घाइते सवार व्यक्तिको ठेगाना खुलेको छैन । घाइतेको जिल्ला अस्पतालमा उपचारका लागी मङ्गलसेनमा ल्याइएको छ । जेसिबी चालक भने फरार रहेका छन् ।