सोमबार सेती प्रयोगशालामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

सोमबार सेती प्रयोगशालामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उक्त प्रयोगशालामा ९३ नमूनाको परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै ६३ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत छन्। जसमध्ये १  जना संक्रमित आईसीयूमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।यस्तै आज नै ७जना बिरामी निको भएर घर फर्किएका छन भने २ जना अस्पताल भर्ना भएका छन् ।