सन्दीपलाई भिसाको समस्या

सन्दीपलाई भिसाको समस्या

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसाको समस्या भएको छ । इंग्ल्यान्डमा आयोजना हुने ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिताका लागि भिसाको समस्या हुँदा उनले सुरुवाती खेल गुमाउने भएका छन् ।

ओभल इन्भिन्सिबलमा आबद्ध सन्दीपले दी हन्ड्रेडको सुरुवाती खेल गुमाउने भएका हुन् । भिसाको कारण सन्दीपले हन्ड्रेडको सुरुवाती खेल गुमाउने क्रिकइन्फोले जनाएको छ ।

सन्दीपले टिएर ५ भिसा पाए पनि प्रतियोगिता खेलको लागि अनुमति नपाएको बताइएको छ  । १०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका छ । भिसाकै कारण सन्दीपले यसअघि भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए ।