दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक वर्षको अवधिमा ३ हजार भन्दा बढिलाई बंशजका आधारमा नागरीकता वितरण गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७७÷०७८को साउन देखि असार मसान्तसम्म उतm संख्यामा नागरीकता वितरण गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टका अनुसार गत वर्ष बंशसजका आधारमा २ हजार १ सय ५५ जना पुरुष तथा १ हजार ४ सय ५९ जना महिला गरी ३ हजार ६ सय १४ जनालाई बंशजका आधारमा नागरीकता वितरण गरिएको छ ।
यस्तै प्रशासनले बैबाहिक अंगिकृत नागरीकता लिनेको संख्या १६ जना रहेको जानकारी दिएको छ । १ हजार ७ सय २४ जनाले नागरिकताको प्रतिलिपि जारी प्रशासनबाट भएको छ । यस्तै एक वर्षको अवधिमा ४ जना महिला तथा १४ जना पुरुषगरी १८ जना नाबालक प्रमाणपत्र सिफारिस गरिएको सहायक प्रजिअ जोशीले जानकारी दिनु भएको छ ।
कोरोना महामारीका कारण बिभिन्न समयमा कार्यालय बन्द रहे पनि उक्त संख्यामा नागरिकहरुले नयाँ नागरिकताका साथै अन्य सेवा सुविधा प्रशासनबाट लिएको उहाँको भनाई रहेको थियो ।