चीनको ‘मंकी बी भाइरस’ बाट डाक्टरको मृत्यु

चीनको ‘मंकी बी भाइरस’ बाट डाक्टरको मृत्यु

मंकी बी भाइरसबाट विश्वमा पहिलो व्यक्तिको मृत्यु भएको छ। यो भाइरसबाट चीनको राजधानी बेइजिङका एक पशु डाक्टरको मृत्यु भएको इन्डिया टुडेले जनाएको छ।

ती ५३ वर्षका डाक्टरको गत मे महिनामै मृत्यु भएता पनि चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले यसहप्ता मात्र त्यसबारे जानकारी दिएको हो।

यो भाइरस बाँदरबाट सर्ने बताइएको छ। खबरअनुसार मार्च महिनामा उनले दुई मृत बाँदरमाथि अनुसन्धान गरेका थिए र त्यसको एक महिनापछि नै उनमा वान्ता हुने लक्षण देखिएको थियो।

मंकी बी भाइरस सन् १९३२ मा पहिचान भएको थियो। यो भाइरस सिधा सम्पर्क र शरीरबाट निस्कने तरल पदार्थको आदान प्रदानबाट फैलन्छ।  बीबीसीका अनुसार मंकी बी भाइरसबाट हुने मृत्युदर ७० प्रतिशतदेखि ८० प्रतिशत हो।