प्रदेश लोकसेवा आयोग सुदुरपश्चिम भदौं पहिलो हप्तासम्म बिज्ञापन खोल्ने तयारी गर्दै

प्रदेश लोकसेवा आयोग सुदुरपश्चिम भदौं पहिलो हप्तासम्म बिज्ञापन खोल्ने तयारी गर्दै

धनगढी  । प्रदेश लोकसेवा आयोग सुदुरपश्चिम प्रदेशले सुदुरपश्चिम प्रदेशमा रिक्त रहेका पदहरुको पदपुर्ति शुरु गर्ने तयारी गरेको छ । लोकसेवा आयोगको गठन भैसकेपछि आवश्यक कानुनहरुको निर्माण भैसकेकाले प्रदेश लोकसेवा आयोगले पदपुर्तिको प्रकृया अघि बढाउने  तयारी गरेको हो ।

‘आयोगलाई काम गर्न आवश्यक कानुनहरु बनिसकेका छन् । अब द्रुत गतिमा पदपुर्ति कहिले गर्ने भनेर हामी आतुर छौं ।’ प्रदेश लोकसेवा आयोगका सचिव दुर्गादत्त बिष्टले भने ‘मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट रिक्त दरबन्दीको विवरण आइपुग्ने बित्तिकै पदपुर्तिका काम अघि बढाउँछौं ।’

साउन १५ गतेभित्र प्रदेशमा रहेका रिक्त पदहरुको बिबरण  उपलव्ध गराईदिन  लोकसेवा आयोगले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्याललाई आग्रह गरिसकेको छ । सचिव बिष्टका अनुसार मागेकै समयमा जानकारी आइपुगे भदौ पहिलो हप्तासम्म बिज्ञापन गरिसक्ने लक्ष्यका साथ काम भैरहेको छ ।