अछाममा बिरामी ल्याउन गएको जिप दुर्घटना

अछाममा बिरामी ल्याउन गएको जिप दुर्घटना

अछाम । अछामको मेल्लेख गाउँपालिकामामा बिरामी ल्याउन गएको जिप दुर्घटनामा परेको छ । 

गाउँपालिकाको वडा नम्बर ६ षोडशादेवीमा आइतबार राती म १ ज  २१५ नम्बरको जीव दुर्घटनामा परेको हो । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

मेल्लेख गाउँपालिकाबाट बिरामी ल्याउन जाँदै गरेको जिप काटेगाउ सेरा खोलामा मोड्ने क्रममा दुर्घटना भएको बताइएको छ । जिप सडक बाट करिब १ सय मिटर तल खसेको छ  ।

चालक जिपबाट हाम फालेर बच्न सफल भएका हुन ।