नेपाल पक्षको बैठकमा भीम रावल गएनन्

धनगढी खबर    

नेपाल पक्षको बैठकमा भीम रावल गएनन्

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । दिउँसो ३ बजेबाट सुरु भएको नेपाल पक्षको बैठकमा उपाध्यक्ष रावल अनुपस्थित भएका हुन् ।

बैठकमा नेता नेपालसहित घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, मेटमणी चौधरीलगायतका नेताहरु उपस्थित छन् ।नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र नदिने सबै नेताहरुलाई छलफलमा बोलाएको हो ।

आजको बैठकमा पार्टी फुटाएर जाने वा एमालेमा रहेर संघर्ष गर्ने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । नेपाल समूहका नेता मेटमणी चौधरीले सरकारमा जाने विषयमा समेत छलफल हुने जानकारी दिए ।



बुधबार ०६, साउन २०७८ ०३:४३ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस