बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बझाङ । बझाङको बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

नगरपालिका–२ गिरौँमा ट्याक्टर दुर्घटना हुँदा सोही गाउँका ४५ वर्षीय मान बहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक कमल चौधरीले  जानकारी दिनुभयो ।

मङ्गलवार राति ८ः०० बजेतिर कालंगा हाइड्रोपावरको सुरुङ निर्माणको लागि बालुवा लोड गर्ने क्रममा रोकेर राखेको ट्याक्टर अचानक गुडेपछि च्यापिएर घाइते भएका हाइड्रोपावरमा कार्यरत धामीको उपचारको क्रममा मृत्यु भएको चौधरीले जानकारी दिनुभयो ।

कञ्चनपुरको झलारी घर भएका २६ वर्षीय ट्याक्टर चालक धर्मराज चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको चौधरीले बताउनुभयो ।