बलत्कार पछी हत्या गरिएकी मायाका हत्यारालार्इ कडा कार्वाहीकाे माग

बलत्कार पछी हत्या गरिएकी मायाका हत्यारालार्इ कडा कार्वाहीकाे माग

मुसुरिया । कैलाली गौरीगंगा नगरपालिका ११ कि २१ वर्षकी माया विकका हत्यारा लाई कडा कार्बाहीको माग गर्दै आज स्थानियले प्रदर्शन गरेका छन् ।

सयौको संख्यामा मुसुरियामा जम्मा भएका स्थानियले बिकको हत्यामा सँगलग्न ब्यक्तीलाई कडा कार्बाहीको माग गरेका हुन बिकको हत्या भएको  १३ दिनको तिथिमा श्रद्धाञ्जली सभा गर्दै प्रदर्शन गरेका हुन ।

मायाको  जबर्जस्ती करणीपछि हत्या अभियोगमा प्रहरीले कैलालीमा ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले गौरीगंगा नगरपालिका ११ शिवपुरका ३० वर्षका गणेश बडु्वाल, २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षका भुवन खाती र १९ वर्षका तपेन्द्र बोगटी रहेका छन् ।

गएको १२ गते हराएकी बिकको  शब  गौरीगंगा नगरपालिका पञ्चवटी सामुदायक बनमा लास फेला परेको थियो ।  बिकको शब घाँटी र हात बाँधिएको अवस्थामा फेला परेको थियो । बीच जंगलमा दोपट्टाले घाँँटी र सुरुवालले दुवै हात पछाडि बाँधिएको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको थियो ।

गौरींगगा नगरपालिका अन्तर्गत वडा कार्यालयमा तथ्यांक सर्भेक्षणमा करारमा कार्यरत माया तथ्यांक संकलनका लागि भनेर घरबाट निस्केकी थिईन् ।

घाँटी र हात बाँधिएको अवस्थामा अर्धनग्न अवस्थामा शब भेटिएकाले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकामा आफन्तले घटनाको छानविनको माग गर्दै असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।