देशभर ७६ प्रतिशतमात्र धान रोपाइँ

कर्णाली प्रदेशमा धान रोपाइँ सकियो

धनगढी खबर    

देशभर ७६ प्रतिशतमात्र धान रोपाइँ

काठमाडौं | बाढीपहिरोलगायत कारणबाट यसपालि धान रोपाइँमा ढिलाइ भएको छ। कृषि मन्त्रालयको तथ्यांकअनुसार हालसम्म देशभर ७६.४४ प्रतिशतमात्र रोपाइँ भएको छ। गत वर्ष साउन पहिलो सातासम्म ८१.८५ प्रतिशत धान रोपाइँ भइसकेको थियो। 

तथ्यांकअनुसार कर्णाली प्रदेशमा धान रोपाइँ सकिएको छ। त्यस्तै सुदूरपश्चिममा ९०.७१ प्रतिशत, लुम्बनी प्रदेशमा ८६.९४ प्रतिशत, बागमती प्रदेशमा ७८.३५ प्रतिशत, गण्डकीमा ७२.४० प्रतिशत, प्रदेश २ मा ६८.५४ प्रतिशत र प्रदेश १ मा ६४.४८ प्रतिशत रोपाइँ भएको छ।

नेपालभर १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान रोपाइँ हुनेमा हालसम्म १० लाख ४८ हजार ५०७.१७ हेक्टरमा मात्र रोपाइँ भएको छ। 

बाढीपहिरोले थप प्रभावित पारेन भने साउन तेस्रो हप्तासम्म रोपाइँ सकिने विभागको भनाइ छ। यसपालि समयमै रोपाइँ सम्पन्न भएमा ६० लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राखेको छ।



बिहिबार ०७, साउन २०७८ ०९:३९ मा प्रकाशित

#धान रोपाइँ

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस