ट्याक्टर दुर्घटनामा परि बझाङमा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा परि बझाङमा एक जनाको मृत्यु

बझाङ | बझाङको बुङ्गलमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुङ्गल नगरपालिका वडा नं २ गीरौंमा ट्याक्टर दुर्घटना हुँदा सोही गाउँका ४५ वर्षीय मान बहादुर धामीको मृत्यु भएको बझाङ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक कमल चौधरीका अनुसार मंगलबार राती ८ बजे कालंगा हाइड्रोपावरको सुरुङ निर्माणको लागि बालुवा लोड गर्ने क्रममा से २ प २५६६ नम्बरको रोकेर राखेको ट्याक्टर अचानक गुडेपछि कालंगा हाइड्रोपावरमा मजदुरी गर्दै आएका धामी च्यापएिर घाईते भएका थिए। घाईते धामीलाई उपचारको लागि देउलेख प्रथामकि स्वास्थ्य केन्द्रमा लगिएको थियो। मंगलबार राती उपचारकै क्रममा देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा धामीको मृत्यु भएको हो।

ट्याक्टर चालक धर्मराज चौधरीलाई भने प्रहरीले नियन्त्रणमा लिएर  अनुसन्धान गररिहेको जनाएको छ।