बैतडीको सुर्नया गाउँपालिकामा पदमार्ग निर्माण

बैतडीको सुर्नया गाउँपालिकामा पदमार्ग निर्माण

बैतडी ।  बैतडीको सुर्नया गाउँपालिकाको वडा नम्बर २ मा पदमार्ग निर्माण गरिएको छ।
 
गाउँपालिकाकी उपाध्यक्ष लिला बिष्टका अनुसार केदार मन्दिरदेखि बान्नेमौर बसौँ हुँदै सिउडेसम्म र सुमल्ला सल्लेडाडा हुँदै पत्तालभुमेश्वरसम्म पदमार्ग निर्माण गरिएको बताइन्। उक्त बाटो १६ लाख ५० हजार लागतमा निर्माण गरिएको बताइएको छ।