फेरी बढ्न थाल्यो भारतमा कोरोना संक्रमण दर

फेरी बढ्न थाल्यो भारतमा कोरोना संक्रमण दर

भारतको कोरोना संक्रमण बढ्न थालेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको आँकडा अनुसार बुधबार भारतमा ४१ हजार ६८३ नयाँ संक्रमित फेला परे । बुधबार ३८ हजार ७९३ जना कोरोनामुक्त भएका छन् । यहाँ २३७४ सक्रिय संक्रमतिको संख्या बढेको छ । 

२४ घण्टामा कोरोनाबाट ५१० जनाको मृत्यु भएको छ । 

भारतमा पछिल्ला दिनमा केरल राज्यमा तीब्र गतिमा संक्रमण बढी रहेको छ । भारतीय मिडियाले दिएको जानकारी अनुसार बुधबार केरलमा मात्रै १७ हजार ४८१ जनामा कोरोना पुष्टि भयो ।