यातायात व्यवसायीको काठमाण्डौमा विरोध र्‍याली,  खोप र भाडा समायोजन लगायतका माग

यातायात व्यवसायीको काठमाण्डौमा विरोध र्‍याली,  खोप र भाडा समायोजन लगायतका माग

काठमाण्डाै | खोप र भाडा समायोजन लगायतका माग यातायात व्यवसायीले काठमाण्डौ उपत्यकामा र्‍याली निकालेका छन् ।

भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै गाडीसहित उनीहरुले र्याली निकालेका हुन् । इन्धनको भाउ बढे पनि गाडी भाडा समायोजन नगरेको उनीहरुको गुनासो छ ।

यस्तै, कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई सरकारले राहतको व्यवस्था नगरेको उनीहरुले बताएका छन् । उनीहरुले गाडीको बिमा छुट, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप दिनु पर्ने लगायतका माग राखेका छन् ।