चीनबाट थप १० लाख डोज भेरोसेल खोप काठमाडौँ आइपुग्यो

चीनबाट थप १० लाख डोज भेरोसेल खोप काठमाडौँ आइपुग्यो

कोभिड-१९ विरुद्धको थप १० लाख डोज भेरोसल खोप आज काठमाडौँ आइपुगेको छ । बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

त्यस्तै थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज पनि चीन जाँदैछ । निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार आज राति ११ बजे निगमको जहाज बेइजिङ उड्नेछ ।

बाँकी डोज ल्याउन शनिबार उक्त जहाज फेरि बेइजिङ जाने कार्यक्रम छ । नेपालले चीनको खोप उत्पादक कम्पनी साइनोफार्मबाट ४० लाख डोज खोप खरिद गरेको हो ।