जापानले चाँडै नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउने

जापानले चाँडै नेपाललाई १६ लाख डोज खोप उपलब्ध गराउने

जापानले कोरोनाविरुद्धको १६ लाख डोज अस्ट्राजेनेका खोप चाँडै नेपाललाई उपलब्ध गराउने भएको छ ।

नेपालस्थित जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग विहीबार भेटवार्ता गर्दै केही दिनमै उक्त खोप उपलब्ध गराउने जानकारी दिएका हुन् ।

भेटमा राजदूत युताकाले यसअघि नै जापानले दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप छिट्टै आइपुग्ने बताएको प्रधानमन्त्री देउवाले समाजिक सञ्‍जाल ट्वीटरमार्फत जानकारी दिएका छन्।