कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला, परीक्षणका लागि महाकाली अस्पतालमा

कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला,  परीक्षणका लागि महाकाली अस्पतालमा

धनगढी: कञ्चनपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।

 जिल्लाको भीमदत्त नगरपालिका -२ स्थित जङ्गलमा सडेको अवस्थामा पहिचान नखुलेको शव फेला परेको प्रहरीले बताएको छ। बिहीबार साँझ स्थानीयले जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको र सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।