आज प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने

आज प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने

आज संघीय संसद अन्र्तगतको प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । 

बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ ।

त्यसका साथै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।