बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

बझाङ । बझाङको जय पृथ्वी नगरपालिका–११ धामीलेकमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २८ वर्षीय महेश्वरी जोशी भीरबाट लडेर गम्भीर घाइते भएकी र जिल्ला अस्पताल सिमखेतमा उपचारको क्रममा जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।

घर नजिकै रहेको तिनतोशी भीरमा घाँस काट्न गएकी जोशी बिहीबार साँझ लडेर गम्भीर घाइते भएकी थिइन् ।