विश्वभर डाउन भयो इन्टरनेट, कयौं ठूला वेबसाइट र एप बन्द भए

विश्वभर डाउन भयो इन्टरनेट, कयौं ठूला वेबसाइट र एप बन्द भए

बिहीबार विश्वभरका कयौं क्षेत्रमा इन्टरनेट बन्द भएको थियो। त्यसका कारण कयौं ठूला वेबसाइट र एपहरुले काम गरेनन्।

बीबीसीका अनुसार अमेजन, पेटीएम, डिज्नी, हटस्टार, एयरबीएनबी, यूपीएस, एचएसबीसी बैंक, ब्रिटिस एयरवेज र प्लेस्टेसन नेटवर्कको सर्भर प्रभावित भएका थिए।

डोमेन मेन सिस्टम डीएनएस प्रदानगर्ने आकामाई कम्पनीमा आएको प्राविधिक गडबडीका कारण सो समस्या निम्तिएको बताइएको छ।

डीएनएस इन्टरनेटको फोनबुक हो। यसले कम्प्युटर र फोनलाई आईपी एड्रेससँग जोड्छ जसका कारण एप तथा वेबसाइट प्रयोग गर्न सकिन्छ। गएको दुई महिनामा फेरि एकपटक विश्वभरका चर्चित वेबसाइट डाउन भएका हुन्। 

यसअघि क्लाउड सिस्टममा खराबी आउँदा विश्वभरका चर्चित वेबसाइट केहीबेर बन्द भएका थिए।