महाकाली नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालक बेपत्ता, खोजी कार्य जारी

महाकाली नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालक बेपत्ता, खोजी कार्य जारी

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदिमा पौडी खेल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन् ।

दोधारा चाँदनी नगरपालिका–२ लठ्ठाघाट निवासी १५ वर्षीया कुशबहादुर सिंह खैराडी टोल नजिक महाकाली नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रमुख प्रहरी निरीक्षक भरत राज गिरिले बताउनुभयो । 

उहाँले बिहान करिब १०ः०० बजे तिर नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरू मिलेर खोजी कार्य गरिरहेको बताउनुभयो ।