गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । मुख्यमन्त्रीको शपथ लिएको ४२ दिनपछि उनले ११ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
माओवादी केन्द्रबाट ३ जना र नेपाली कांग्रेसबाट ३ जना थप गरी आज ६ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज माओवादी केन्द्रबाट कास्कीका रामजी बराल ‘जीवन’, बाग्लुङका चन्द्रबहादुर बुढा र स्याङ्जाका दीपक चर्तीमगरलाई मन्त्री बनेका छन् । बराल अर्थ, बुढा भूमि ब्यवस्था तथा कृषि र चर्तिमगरलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै, नेपाली कांग्रेसबाट विन्दुकुमार थापा, मणिभद्र शर्मा र मेखलाल श्रेष्ठलाई मन्त्री बनाइएको छ । थापालाई कानून, सञ्चार तथा प्रदेश मामिला, कण्डेललाई पर्यटन तथा उद्योग र श्रेष्ठलाई समाजिक विकास मन्त्री बनाइएको छ ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा सामाजिक विकास मन्त्री कुमार खड्कालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
माओवादी केन्द्रकी मधु अधिकारी गुरुङलाई स्वास्थ्य, जसपाका हरिशरण आचार्यलाई ऊर्जा तथा खानेपानी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई यसअघि नै खेलकूद मन्त्री बनाइएको छ ।