सेती प्रयोगशालामा भएको परिक्षणमा थप ४३ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा थप ४३ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उक्त प्रयोगशालामा २४८ नमूनाको परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै २०२ जनाको रिपोर्ट निगेटिभ आएको छ ।

हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना संक्रमित आईसीयूमा उपचाररत रहेको अस्पतालले जनाएको छ । यस्तै आज ५ जना बिरामी निको भएर घर फर्किएका छन भने ५  जना अस्पताल भर्ना भएका छन् ।