चीनबाट थप ८ लाख भेरोसेल खोप नेपाल आइपुग्यो

चीनबाट थप ८ लाख भेरोसेल खोप नेपाल आइपुग्यो

चीनबाट थप ८ लाख डोज भेरोसेल खोप आज नेपाल आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले शुक्रबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

निगमकै वाइडबडी जहाजले बिहीबार १० लाख डोज खोप ल्याएको थियो । थप ८ लाख डोज खोप ल्याउन निगमको जहाज भोलि पुनस् बेइजिङ जाने कार्यक्रम छ । खोप लिएर जहाज आइतबार दिउँसो फर्कनेछ ।