डडेलधुरामा नेपाली काँग्रेसको चुनावी सरगर्मी बढ्यो

डडेलधुरामा नेपाली काँग्रेसको चुनावी सरगर्मी बढ्यो

डडेलधुरा । नेपाली कांग्रेस डडेलधुराको आसन्न ७ औँ जिल्ला अधिवेशन र १४ औँ महाअधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । 

पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको जिल्ला सभापतिमा अहिले तीन जनाले आकाङ्क्षी देखिएसँगै चुनावी सरगर्मी बढेको हो ।  

जिल्ला सभापतिका लागि परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउद, काँग्रेस डडेलधुराका उपसभापति करुणाकर भट्ट र महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्टले उम्मेदवारी घोषणा गर्दै प्रचार प्रसारमा जुट्नुभएको छ ।   

यही साउन २४ गते हुने जिल्ला अधिवेशनमा डडेलधुरामा तीन गुट सक्रिय भएर अघि बढेका छन् । 

जिल्ला अधिवेशन तथा महाअधिवेशन नजिकिँदै गर्दा केन्द्रमा डडेलधुराको सदस्यता वितरणको विवाद भने अहिलेसम्म सुल्झिएको छैन ।