जम्मूकश्मीरमा भिडन्त हुँदा २ जनाको मृत्यु

जम्मूकश्मीरमा भिडन्त हुँदा २ जनाको मृत्यु

भारतको जम्मूकश्मीरमा सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त हुँदा २ जनाको मृत्यु भएको छ ।

स्थानीय सोकबाबा जंगलमा आतंककारी लुकेर बसेका सूचनाका आधारमा अपरेसन चलाउँदा भएको भिडन्तमा २ जनाको मृत्यु भएको जम्मूकश्मीर पुलिसलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अपरेसन चलाउने क्रममा सुरक्षाकर्मी जंगलभित्र पसेका थिए । त्यसपछि आतंककारीबाट फायरिङ शुरू भएपछि दोहोरो भिडन्त भएको समाचारमा उल्लेख छ । मृतक आतंककारीको पहिचान खुल्न बाँकी रहेको समाचारमा उल्लेख छ ।