धनगढीमा ट्राफिक प्रहरीको छाडा चौपायामा टल्किने स्टिकर टास्ने अभियान (फोटो फिचर)

धनगढीमा ट्राफिक प्रहरीको छाडा चौपायामा टल्किने स्टिकर टास्ने अभियान (फोटो फिचर)

धनगढी । दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सडकमा छोडिएका चौपायामा टल्कने स्टिकर (रिफ्लेक्टिब स्टिकर बेल्ट) लगाउने अभियान थालेको छ ।

कैलाली यातायात प्रा.लिको सहयोग र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाडा पशु चौपायामा रिफ्लेक्टिब स्टिकर बेल्ट लगाउन थालिएको हो ।

शनिबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहरा सहितको टोलीले धनगढीका सडकमा छोडिएका चौपायामा रिफ्लेक्टिब स्टिकर बेल्ट लगाएको हो । 

मोहना-अत्तरिया ६ लेन सडक खण्ड तथा बजार क्षेत्रमा छोडिएका छाडा चौपायामा टल्कने स्टिकर लगाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

तस्विरमा हेर्नुस् :

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.