चीनले लगायो अमेरिकी अधिकारीमाथि प्रतिबन्ध, फेरि चिसियो चीन–अमेरिका सम्बन्ध

चीनले लगायो अमेरिकी अधिकारीमाथि प्रतिबन्ध, फेरि चिसियो चीन–अमेरिका सम्बन्ध

चीनले अमेरिकी वाणिज्य मन्त्री विल्बर रोससमेत कयौँ अमेरिकी अधिकारी तथा नागरिकमाथि प्रतिबन्ध लगाएको छ । 

अमेरिकाले हङकङमा केही चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको केही समयमा नै चीनले यो कदम चालेको हो । चीनले अमेरिकी उपविदेश मन्त्री वेन्डी शर्मन चीनको यात्रामा जाने दिनमा नै यो घोषणा गरेको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले चीनको यो निर्णयलाई निरर्थक तथा निराशावादी भनेको छ । 

अमेरिकाले हङकण्ज्ञठण्मा चिनियाँ अधिकारीमाथि प्रतिबन्ध तथा त्यहाँ भएका प्रदर्शनमा उनीहरुको भूमिका रहेकाले लगाएको बताउँदै आएको छ ।