शनिबार सेती प्रयोगशालामा भएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि

शनिबार सेती प्रयोगशालामा भएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १९ जना कोरोनाको संक्रमण देखिएको छ।

शनिवार अस्पतालको प्रयोगशालामा १३९ जनाको नमुना परीक्षण गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

सुचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालबाट शनिवार ३ जना संक्रमित निको भएर घर फर्किएका छन भने १० जना संक्रमित अस्पताल भर्ना भएका छन। हाल अस्पतालमा २५ जना संक्रमित उपचाररत रहेका छन्।