कोरोनाले रोकिएका त्रिविका परीक्षा आजदेखि

कोरोनाले रोकिएका त्रिविका परीक्षा आजदेखि

काठमाडौँ- कोरोना भाइरसको महामारीले करिव दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयको परीक्षा आज शुरु भएको छ । आज स्नातक तह पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

उनका अनुसार आज बीए, बीएड र बीएससीतर्फका चार वर्षे/तीन वर्षे परीक्षा शुरु भएका छन् । सोमबार व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुने उनले जानकारी दिए ।

महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाए पनि परीक्षा भने भौतिक उपस्थितिमै शुरू गरेको हो ।