घोडाघोडीमा स्कारपियो दुर्घटना

घोडाघोडीमा स्कारपियो दुर्घटना

कैलाली | कैलालीमा स्कारपियो दुर्घटना भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका -१० पहलमापुरमा शनिबार राति साढे ८ बजे ना अ प खा ९७४ नम्बरको स्कारपियो दुर्घटना भएको प्रहरीले बताएको छ।

छाडा चौपाया बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। दुर्टनामा चालकसहित स्कारपियोमा सवार ७ जना घाइते भएका र ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।