राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा घाेषणा

राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामा घाेषणा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले अखिल नेपाल फुटबल सङ्घका उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् ।

यस विषयमा अलमुताइरीले नेपाली समर्थकसँग माफी पनि मागेका छन् । अलमुताइरीले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि नेपाली फुटबलले लय लिन थालेको थियो ।

युवा खेलाडीलाई स्थान दिने र नयाँ प्रयोग अलमुताइरीका विशेषता हुन् ।