कैलालीमा ट्राफिक प्रहरीले सुरु ग¥यो ट्याक्टरको ट्रालीमा 'टल्किने स्टिकर' टाँस्ने अभियान

कैलालीमा ट्राफिक प्रहरीले सुरु ग¥यो ट्याक्टरको ट्रालीमा 'टल्किने स्टिकर' टाँस्ने अभियान

धनगढी । कैलालीमा ट्राफिक प्रहरीले दुर्घटना न्यनिकरण गर्न ट्याक्टरको ट्रालीमा टल्किने स्टिकर टाँस्ने अभियान सुरु गरेको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले रातिको समयमा हुने सवारी दुर्घटना न्यनिकरणका लागि ट्याक्टरको ट्रालीमा टल्किने स्टिकर (रिफ्लेक्टिब) टाँस्ने अभियान सुरु गरेको हो ।

ट्याक्टरको ट्रालीमा लाईटहरुको ब्यवस्था नहुने हुदा ट्रालीको पछाडिको भागमा टल्किने स्टिकर (रिफ्लेक्टिब) टाँस्ने अभियानको सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

रातिको समयमा हुने सडक दुर्घटना न्युनिकरणका लागि मोहना–अत्तरिया ६ लेन सडक खण्ड र धनगढी बजारबाट ट्याक्टर र छाडा पशु चौपायामा टल्किने स्टिकर लगाउने अभियान सुरु गरिएको उनले बताए ।  उनका अनुसार छाडा चौपायाको घांटीमा र ट्याक्टरको ट्रालिको पछाडीको भागमा टल्किने स्टिकर लगाउने अभियान थालिएको हो ।

सो अभियानले रातिको समयमा हुने सवारी दुर्घटनाबाट जनधन र पशुचौपायाको क्षति न्युनिकरणमा सहयोग पुग्ने अपेक्षा लिईएको  प्रहरी निरिक्षक बोहराका भनाई छ । यो अभियान धनगढी बजार, पुर्व पश्चिम राजमार्ग लगायत कैलाली जिल्ला भरि नै लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

No description available.No description available.No description available.No description available.