एमाले विवाद : माधव नेपाल र नारदमुनि रानाबीच संसदीय समितिमै चर्काचर्की

एमाले विवाद : माधव नेपाल र नारदमुनि रानाबीच संसदीय समितिमै चर्काचर्की

नेकपा एमाले भित्रको आन्तरिक कलह संसदीय समितिको बैठकहरुमा पनि देखिन थालेको छ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा  नेकपा एमालेका बरिष्ठ नेता तथा सांसद माधव कुमार नेपाल र एमालेकै अर्का सांसद नारदमुनी राना बीच भनाभन भएको छ । 

बैठकमा नेता नेपालले संसद पुनःस्थापना भएकोमा खुसी व्यक्त गर्दे सबैलाई धन्यबाद दिनु भएको थियो । बैठकपछि बोल्नु भएका एमाले सांसद नारदमुनी रानाले संसद्लाई जनताले नभई सर्वोच्च अदालतले पुनःस्थापना गरेको भन्दै  संसद् चाहिनेहरू वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिइरहेका बेला कहाँ थिए भनी प्रश्न गर्नुभयो ।

रानाले प्रश्न गरेलगत्तै आक्रोशति बन्नु भएका नेता नेपालले उहाँलाई प्रतिगमनको मतियार भन्दै बैठक छाडेर जान चेताबनी दिनुभयो । उहाँहरुबीच भनाभन भइरहेका बेला एमाले कै अर्का सांसद दिपकप्रकाश भट्टले पनि आक्रोशित हुदै रानाको भनाई प्रतिबाद गरेपछि समितिको बैठक निनै तनावपूर्ण बनेको थियो ।