मृत अवस्थामा फेला १० दिनदेखि हराइरहेकी युवती

मृत अवस्थामा फेला १० दिनदेखि हराइरहेकी युवती

गजुरी गाउँपालिका वडा नम्बर ८ किरांचुककी २० वर्षीया युवती घरबाट हराएको १० दिनपछि शब आइतबार भेटिएको छ । साउन १ गते घरबाट हराएकी २० वर्षीया सम्झना रोक्काको घरमाथी १ सय ५० मिटर टाढा कुकुरपानी जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले बताउनुभएको छ ।

घरबाट हराएपछि इलाका प्रहरी कार्यालय गजुरीमा खोजी गर्न परिवारले निवेदन दर्ता गराएका थिए । छिमेकी हरु र प्रहरीलेखोजी गर्दासमेत नभेटिएकी युवतीको सडेकोअवस्थामा शब भेटिएको थियो ।

घटना बारे छानविन गरि सत्यतथ्य बाहिर ल्याउन छिमेकीहरुले प्रहरीसँग आग्रह गरेका छन् । प्रहरीले अनुसन्धान गर्ने र तथ्य पत्रा लगाउने बताएको छ । शबको पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा लगिएको छ।