तत्काल निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

तत्काल निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार गृहमन्त्री बालकृष्ण खाण र प्रहरी महानिरीक्षक शैलेश थापालाई बालुवाटारमा बोलाएर सो निर्देशन दिएका हुन् । 

सो भेटमा प्रधानमन्त्री देउवाले अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएर चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका हुन् ।