वैदेशिक रोजगारीमा जाने कामदारहरुलााई भेरोसेल खोप, अनलाइन फारमको व्यावस्था

वैदेशिक रोजगारीमा जाने कामदारहरुलााई भेरोसेल खोप, अनलाइन फारमको व्यावस्था

एक महिनाभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा रहेकाहरुलाई जोन्सन एण्ड जोन्सनको खोप  र एक महिनापछि वैदेशिक रोजगारीमा जानेले भेरोसेलको खोप लगाउन पाउने भएका छन् । 

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार आइतबार श्रम, मरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच भएको छलफलमा उक्त सहमति भएको हो ।

जोन्सन एण्ड जोन्सनको खोप एक पटक लगाए पुग्छ भने भेरोसेल कम्तीमा तीन हप्ताको अन्तरालमा दुई पटक लगाउनु पर्ने हुन्छ । जोन्सन एण्ड जोन्सनको खोप धेरै समय राख्न नमिल्ने भएकाले सबै प्रदेशहरुमा खोप वितरण भैसकेको हुँदा वैदेशिक रोजगारीमा एक १ महिनाभित्र जानुपर्ने कामदारहरुलाई उक्त खोप दिने निर्णय भएको बताइएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा अनलाइन फारम भरी आफुलाई पायक पर्ने प्रदेशले तोकेको खोप केन्द्रमा पासपोर्ट, भिसा र अन्तिम श्रम स्वीकृतिको आधारमा खोप लगाउन मिल्ने व्यवस्था मिलाइएको पनि संघले जनाएको छ ।